तनहुँका बिप्सन हराएको १ दिनपछि फेला

समाधान संवाददाता २०७७ असोज २१ गते १६:०१

तनहुँ, रासस

मंगलबार दिउँसोदेखि हराएका बालक बुधबार बिहान सकुशल भेटिएका छन् । व्यास नगरपालिका–३ निवासी पवन श्रेष्ठका ६ वर्षीय बिप्सन श्रेष्ठ हराएकामा फेला परेका हुन् ।

अपरिचित ३० वर्षीया सविता परियारलाई बालक अपहरण मुद्दा दर्ता गर्न लागिएको बालकका काका एवं अधिवक्ता त्रिभुवन श्रेष्ठले बताए । ती महिलालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान थालेको छ ।

Advertisement

ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी ती महिला कास्की बाघमारा माइती गएको हुनसक्ने खुलेपछि प्रहरीले तदारुकता देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

घरपरिवारमा कसैलाई जानकारी नगराई बालक लिएर गएकाले परिवारले दिएको जाहेरीका आधारमा मुद्धा अघि बढाइने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया