थप ३४३९ जनामा कोरोना, सक्रिय संख्या २५ हजार नाघ्यो

समाधान संवाददाता २०७७ असोज २१ गते १६:४१

समाधान संवाददाता

देशभर थप ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमण हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४ सय ३९ जनालाई संक्रमण देखिएको जानकारी दिए।

Advertisement

२४ घण्टामा ११ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।

१५ संक्रमितको मृत्यु

Advertisement

नेपालमा एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ।

९ जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया