अटोमेकानिकलको रक्तदान

समाधान संवाददाता २०७७ असोज २१ गते १९:१६

समाधान संवाददाता, पोखरा

गण्डकी अटोमेकानिकल वर्क्स एसोसियसनले आफ्नो २७ औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ ।

एशोसियसनका सदस्यहरुको वृहत उपस्थितिमा रक्तदान अभियान्ता इच्छामान बुद्चार्यले पहिलो रक्तदान ऋषिकुमार क्षेष्ठलाई ब्लडव्याग हस्तान्तरण गरे ।

Advertisement

कार्यक्रममा ६४ पटक रक्तदान गर्ने एसोसियसनका सल्लाहकार कृष्ण थापालाई रक्तदान अभियानको कदरस्वरुप सम्मान गरिएको थियो ।

गण्डकी अटो डिर्लस एशोसियसनका अध्यक्ष चन्द्र कुवँर, ट्यूव टायर मर्मत एशोसियसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, पूर्वाध्यक्ष कुलबहादुर नेपालीले वर्क्स व्यवसाय संचालनमा सरकारले वेवास्ता गरेकोले व्यवस्थीत गराउन सहयोग गर्नुपर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया