कास्कीमा चाडपर्वः ७३५ प्रहरीले दिनेछन् सुरक्षा, चौबिसै घन्टा गस्ती

समाधान संवाददाता, पोखरा
चाडपर्वका बेला हुन सक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा सात सय ३५ प्रहरी परिचालित हुने भएका छन् ।
कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो ।
कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घन्टा गस्ती गरिने जनाएको छ ।
कास्की प्रहरीका प्रवक्ता सुवास हमालले भर्चुअल पत्रकार सम्मेलनमार्फत प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने बताए ।
यसका लागि कमान्ड पोस्टबाट सात जनाको टोलीसहित कन्ट्रोल रुमका ११० जना परिचालित हुनेछन् ।
कास्कीका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना हुने भएका छन् ।
चाडपर्वका बेला यात्रुलाई पर्न सक्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले कास्की प्रहरीले पृथ्वीचोक र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ ।
दुबै कक्षमा ६/६ जना प्रहरी रहने र उनीहरुले यात्रुलाई कोरोना सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नेछन् ।
कास्की छिर्ने तीन नाका– छोरेपाटन, मजुवा र जौबारीमा ‘यात्रुसँग १ मिनेट’ कार्यक्रम पनि चलाइने हमालले बताए ।
उनले भने, ‘यात्रुलाई समस्या परेको भए समाधान गर्न र उनीहरुलाई हुन सक्ने अपराधबारे सचेत गराउन कार्यक्रम चलाउँछौं ।’
नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन कास्की प्रहरीले अनुरोध गरेको छ ।
कोरोना महामारी फैलिन बाट जोगिने र अनावश्यक खर्चपनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया