माछा मार्ने पक्राउ

समाधान संवाददाता २०७७ असोज २२ गते १०:४८

समाधान संवाददाता, स्याङ्जा

चापाकोट नगरपालिका ५ ज्याग्दीखोलामा विष्फोटक पदार्थ पड्काई माछा मार्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पाल्पा रामपुर ३ का ३० वर्षे बलराम राना, ३४ वर्षे प्रविन थापा, ३५ वर्षे बद्री थापा, २६ वर्षे विमल थापा, स्याङ्जा बिरूवा १ बस्ने का २७ वर्षे झकबहादुर थापा र २४ वर्षे शिखर थापालाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले पक्राउ परेकाबाट वारूद ५ ग्राम, ९ सेमी लम्बाई भएको फ्युज १ थान, १४ सेमीको आलमोनियको खाली पाइप ४ थान, १० सेमी आलमोनियमको खाली चारपाटे पाइप १ थान, १४ सेमी आलमोनियएको तारले बाँधिएको खाली पाइप १ थान, कालो वेल्डिङ तार १ रोल, पिलास १ थान बरामद गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

विभिन्न सामग्रीसहित पक्राउ परेकालाई बिष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी २५ को म्याद थप गरेर अनुसन्धानअघि बढाएको अधिकारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया