प्रजिअ ढकाललाई लेउवा संघमा स्वागत

समाधान संवाददाता २०७७ असोज २२ गते ११:००

समाधान संवाददाता, पोखरा

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई स्वागत तथा सम्मान गरेको छ ।

संघको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा विभिन्न उपसमितिको बैठकमा सहभागी ढकाललाई संघले सम्मान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगी व्यवसायीले उत्पादन, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर स्वदेशमा नै रोजगार दिने कार्यक्रम ल्याएमा सरकारको तर्फबाट साथ सहयोग र साथ रहने बताए ।

सरकारी नीति तथा नियममा रहेर चलेका व्यवसायले राज्यलाई सहयोग गरेको प्रसंग उठाउदै उनले राज्यले पनि व्यवसायीको हत हितको सवालमा काम गर्ने उल्लेख गरे ।

Advertisement

संघका अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी र महासचिव गोपिचन्द्र बास्तोलाले लेखनाथका व्यवसायीका समस्या र समग्र बस्तु स्थितिको अवगत गराएका थिए ।

संघको २४ औं साधारण सभाको तयारीको क्रममा विभिन्न १७ वटा उपसमितिको बैठक बुसी राय सुझाव संकलन गरिएको छ ।

पूर्व घोषित कार्ययोजना अन्तर्गत असोज २५ गते बस्ने कार्यसमितिको बैठकले अनुमोदन सहित साधारण सभा गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया