पुतलीबजारमा यातायात कार्यालय

समाधान संवाददाता, स्याङ्जा
पुतलीबजारमा पूर्वाधार विकास कार्यालय अन्तर्गत यातायातको शाखा कार्यालय शुभारम्भ भएको छ ।
यातायात शाखा कार्यालयले पुतलीबजारको ट्राफिक चोकमा बुधबारबाट सेवा सुविधासहित कार्यालयको शुभारम्भ भएको हो ।
ट्राफिक चोकमा स्थापना भएको यातायात शाखाको कार्यालयबाट सवारी साधन दर्ता, सवारीहरुको जाँचपास, बिलबुक नवीकरण, रुट नवीकरण र रुट इजाजत सम्बन्धी कामहरु हुने पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीले बताए ।
यातायात शाखाको कार्यालयबाट स्याङ्जा जिल्लाभरीका सेवाग्राही लगायत नवलपरासीको डेढगाउँ, पाल्पा रामपुर, पर्वत हुवास र पोखराका सेवाग्राहीले सेवा पाउने भण्डारीले जानकारी दिए ।
सेवा शुभारम्भ भएको अवसरमा पहिलो सेवाग्राही धुव्र पाठक र ओमप्रसाद पौडेललाई खादा लगाई सम्मान गरिएको थियो ।
पहिलो सेवाग्राही स्थानीय धु्रव पाठकले यातायातको कार्यालय स्याङ्जामा स्थापना भएकाले पोखरा धाउनुपर्ने बाध्यता हटेको सुनाए ।
उनले समयको बचत भएको बताउँदै लाइसेन्सको काम पनि स्याङजाबाट गर्न अनुरोध गरे ।
कार्यालय प्रमुख र लेखा अधिकृतको जिम्मा दुवैतिर हुने हँुदा यातायात शाखाको कार्यालय ७ जना कर्मचारीले काम गर्ने छन् ।
पूर्वाधार विकास कार्यालय र यस अन्तर्गतको यातायात शाखा कार्यालयको कार्यालय प्रमुख र लेखा अधिकृतले दुवै कार्यालय हेर्ने भएकाले पूर्वाधार विकास कार्यालय र यातायात शाखा अन्यत्र लैजान नसकिएने हो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया