जबरजस्ती करणी उद्योग आराेपमा युवा पक्राउ

समाधान संवाददाता २०७७ असोज २२ गते ११:३७

एसके थकाली
जोमसोम
जबरजस्ती करणी उद्योग आराेपमा मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे बस्ने २५ वर्षीय युवा आर्नल भन्ने आर्नोल्ड थकालीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

१९ वर्षे ती महिला युवती घरमा एक्लै टिभी हेरेर बसिरहेको मौका छोपी थकाली कोठाभित्र पसी जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरेको जनाइएको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जबरजस्ती करणी उद्योगमा संग्लन थकालीलाई घटनास्थलको अनुसन्धानपछि खोजतलास गर्ने क्रममा मुस्ताङको घरपझोङ—५ ढुम्बा स्थित स्याउबारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका थकालीलाई जबस्ती करणी उद्योगको अभियोगमा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी युवा पक्राउ
यस्तै, करणी सम्बन्धी कसुरका आरोपित १ युवा मुस्ताङबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गाउपालिका—३ लेते घर भई पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी धरहरा मार्ग डेरा गरी बस्ने वर्ष ३० का हरि सिञ्जाली पक्राउ परेका हुन् । पक्राउ परेका प्रतिवादी सिञ्जालीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया