स्याउ व्यापारतिर मुक्तिनाथका पर्यटन व्यवसायी

समाधान संवाददाता २०७७ असोज २२ गते ११:५०

एसके थकाली, जोमसोम

मुस्ताङको स्याउ टिप्नेदेखि बजारीकरणको निम्ति स्थानीयहरु सक्रियता पूर्वक लागेका छन् । बाहिरी जिल्लाका कामदार ल्याउँदा कोभिड १९ भित्रीने डरले किसानहरुले स्याउ खरिददेखि बिक्रीको जिम्मा स्थानीयलाई दिएका हुन ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका सबै वडामा किसानले फलाएका स्याउ बाहिरी जिल्लाकाले नभई स्थानीयबाटै खरिद बिक्री गर्नुपर्ने मान्यता अगाडी सारिएको छ ।

Advertisement

होटल बन्द भएको कारण मुक्तिनाथका केही पर्यटन व्यवसायी समेत स्याउको व्यापारमा लागेका छन । मुक्तिनाथ रानीपौवाका पर्यटन व्यवसायी सुरज गुरुङसहितको टोलीले पालिकाका किसानको बगैचामा पुगेर स्याउ संकलन तथा बिक्रीको लागि जुटेका छन ।

‘लकडाउनको ७ महिनाको अवधीमा आयआर्जन विहिन बनेका पर्यटन व्यवसायी स्याउ टिप्ने देखि बजार प्रर्वद्धनको लागि जुुटका छौ,’ व्यवसायी गुरुङले भने, ‘७ जना व्यवसायीको टोली स्याउ बजारीकरणको लागि योजनाबद्ध ढंगले लागेको छ ।’

Advertisement

समूहका २ व्यापारी काठमाडौ स्याउ बिक्री गर्ने व्यवस्थापन खटेको जानकारी दिदै उनले बाँकी टोलीले पालिकाको लुप्रा, कागबेनी, धाकार्जुङ, खिङ्गा,झोङ र छुसाङ लगायतका गाउँमा स्याउ संकलन गरेको बताए ।

जिल्ला बाहिरका व्यापारीले विगतमा किसानको उत्पादन कम मुल्यमा खरिद गरेको दावी गर्दै उनले स्थानीयले खरिद गर्दा उचित मुल्य पाएको दावी गरे ।

‘कुनै व्यक्तिले कुनै काम गर्न हुने र कुनै गर्न नहुने भन्ने छैन, ’उनले भने, ‘कोभिड १९ले थला परेका व्यवसायीलाई स्याउको कारेबारले थोरै धेरै राहत पुगेका छ ।’

मुस्ताङमा जिल्ला बाहिरका कामदार नभएको अवस्थामा स्याउ टिप्ने लगायतका काममा स्थानीयले रोजगारी पाएका छन । त्यस कार्यले जिल्लाको रकम बाहिर जान नपाएको उल्लेख गर्दै गुरुङले फरक व्यवसायिक अनुभव भएको बताए ।

पर्यटन व्यवसायी गुरुङसहितको टोलीले १ सय ५० टन स्याउ संकलन गरी बजार पठाउने तयारी गरेको छ । किसान तथा क्लवहरुसंग सहकार्यमा ३ ट्रक स्याउ बजार पु¥याएको जानकारी दिए ।

पालिकाका वडा नम्बर ३ छुसाङमा नरसिंह युवा क्लवले स्याउ संकलनको व्यवस्थापन गरेको छ । किसानको बगैचामा स्याउको मुल्यमा एकरुपता कायम गर्न क्लवले समन्वय गरेको पूर्वअध्यक्ष चन्द्र गुरुङले जानकारी दिए ।

उनले कोभिड १९ को कारण बेरोजगार बनेका युवालाई स्याउ टिप्ने काम दिएको बताए । क्लवले छुसाङका करिब ३५ घरधुरीको स्याउ संकलन गरी स्थानीय व्यवसायीलाई जिम्मा लगाएको छ ।

घरपझोङ र थासाङमा भने स्थानीय तथा जिल्ला बाहिरका व्यापारीले किसानको स्याउ बगैचाबाट खरिद गरी बजार पु¥याउने काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया