पोखरामा ५ सहित गण्डकीमा थपिए ३७ संक्रमित

समाधान संवाददाता २०७७ असोज २२ गते १३:४१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

नवलपुरका १९, बागलुङका १२, कास्कीका पाँच र तनहुँका १ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ४७ पुगेको छ । तीमध्ये ३१ सय ४९ जना निको भएका छन् ।

Advertisement

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया