गण्डकी प्रदेशमा थप ३४ जनालाई कोरोना

समाधान संवाददाता २०७७ असोज २२ गते १७:०५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ४ जिल्लाका ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोराना पुष्टि हुनेमा नवलपुरका २०, गोरखाका १०, कास्कीका ३ र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ८१ पुगेको छ । तीमध्ये ३१ सय ४९ जना निको भएका छन् भने ३७ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया