दसैँमा पिङ नहाल्न सरकारको आग्रह

समाधान संवाददाता २०७७ असोज २२ गते १७:२६

समाधान संवाददाता

सरकारले दसैँमा पिङ नहाल्न आग्रह गरेको छ ।

पिङले भिडभाड बढ्ने भएकाले सरकारले पिङ नहाल्न सर्वसाधारणमा आग्रह गरेको हो ।

Advertisement

‘चाडबाडको नाममा पिङ र रोटे पिङ नहालौं, पिङले भीड बढ्ने भएकाले चाडपर्व सामान्य तरिकाले घरैमा मनाऔँ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले भने ।

साथै देशका मठमन्दिरमा नित्य पूजा मात्रै गर्न आग्रह गरेको छन्। बिहीबार एकै दिन ४३ सयभन्दा धेरै संक्रमित भेटिएपछि सरकारले यस्तो आग्रह गरेको हो।

Advertisement

तपाईको प्रतिक्रिया