बाढी पीडितलाई कलाकार शर्माको सहयोग

समाधान संवाददाता २०७७ असोज २२ गते १८:१६

समाधान संवाददाता

कलाकार शितल शर्माले ढोरपाटनका बाढी पीडितलाई ५ लाख बराबरको सहयोग गरेकी छन् ।

गत भदौ १७ गते राति भूजीखोलामा आएको बाढीका कारण घर र आफन्त गुमाएका परिवालाई कलाकार शर्माले राहत प्रदान गरेकी हुन् ।

Advertisement

उनले पीडित परिवारलाई ५ लाख बराबरको कपाडा, खाद्यान्न, घर छाउने जस्ता पाता लगायतका समग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

पीडितलाई सहयोग गर्न उनले विभिन्न संघ संस्थासँग आर्थिक सहयोग उठाएकी थिइन् ।

Advertisement

‘बाढीले धेरै क्षति पुर्‍याएको छ, धेरै जनता सडकमा बस्न बाध्य हुनुभएको छ,’ कलाकार शर्माले भनिन् ।

बाढीले बगाएर २२ जनाको मृत्यु भएको थियो भने १५ जना अझै वेपत्ता छन् । बाढीमा ३७ जना बेपत्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया