पोखराका १२ वडामा थपिए १६ कोरोना संक्रमित

समाधान संवाददाता २०७७ असोज २२ गते १८:४९

समाधान संवाददाता, पोखरा

पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखराका १२ वडाका १६ जनामा पोजेटिभ देखिएको हो ।

तनहुँको शुक्लागण्डकीका एक जनामा पनि कोरोना पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ९८ पुगेको छ ।

Advertisement

तीमध्ये ३१ सय ४९ जना निको भएका छन् भने ३७ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया