गण्डकीमा आज ९७ संक्रमित थपिए, १ को मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा बिहीबार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र चितवनमा गरिएको परीक्षणमा ६ जिल्लाका ९७ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा धेरै नवलपुरका ४७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीका २४, बागलुङका १२, गोरखाका १०, तनहुँका ३ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार ३ सय ४४ स्वाब परीक्षण गर्दा ९७ जनामा संक्रमिण देखिएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशका ७४ हजार १ सय ५९ स्वाब परीक्षण गरिएको छ ।
बिहीबार थपिएका सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ९८ पुगेको छ । तीमध्ये ३२ सय ११ संक्रमित निको भएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमात्रै संक्रमणमुक्त छ ।
मृतक संख्या ३७ पुग्यो
प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८७ वर्षे वृद्धको बिहीबार मृत्यु भएसँगै मृतकको संख्या ३७ पुगेको हो ।
१३ असोजमा कोरोना पुष्टि भएपछि ती वृद्ध केन्द्रको आइसियुमा भर्ना भएका थिए । उनमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक सह–प्राडा अर्जुन आचार्यले जानकारी दिए ।
वृद्ध कास्कीका एघारौं मृतक हुन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १÷१ जना छन् ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया