प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल सङ्क्रमणमुक्त

समाधान संवाददाता २०७७ असोज २३ गते ७:३०

समाधान संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन् ।

बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

Advertisement

उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । उनीसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उनीहरु सबै हाेम आइशाेलेसन मै छन् ।

Advertisement

तपाईको प्रतिक्रिया