भुइँमै सुत्छन् तनहुँका कैदीबन्दी

तनहुँ, रासस
तनहुँ कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ । तर, कारागारभित्र खाट नहुँदा कैदीबन्दी भुइँमा सुत्दै आएका छन् ।
नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमाथि सुत्न बाध्य छन् ।
क्षमताभन्दा धेरै हुँदा उनीहरु कोचिएर सुत्नुपरेको मात्रै छैन, खाट नहुँदा भुइँमा सुत्नुपरेको हो ।
खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ ।
‘रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन, खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्,’ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने ।
कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा राखिएको पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन् ।
सुत्नका लागि गर्मी महिनामा म्याट ओच्छाएर काम चलाइएको भए पनि अब जाडो महिना शुरु हुन लागेको चिसोले बिरामीमा परिने डर भएको चौकीदार तेजकुमार श्रेष्ठले बताए ।
श्रेष्ठले काठ सहयोग पाए कारागारभित्रै रहेका कैदीबन्दीले खाट निर्माण गर्ने बताउँछन् ।
कैदीबन्दीको सङ्ख्या उच्च हुँदा व्यवस्थापन गर्न कठिन भएपछि नवनिर्मित महिला बन्दीगृहमा पुरुष राखिएको हो ।
महिला कैदीबन्दीलाई पोखरालगायत अन्यत्र लानुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँ कारागार परिसरभित्र महिला बन्दीगृह निर्माण गरिएको थियो ।
पच्चीस जना क्षमताको उक्त कारागारमा हाल १३२ कैदी र ६४ थुनुवा गरी १९६ कैदीबन्दी छन् ।
पुरानो कारागार भवनलाई ब्लक ए र नयाँ भवनलाई ब्लक बी गरी नामाकरण गरिएको उनले बताए ।
पुरानो भवनमा १०७ र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा व्यारेक र बन्दीगृह गरी तीनवटा भवन ६ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।
कारागार व्यवस्थापन विभागले हाललाई पुरुष राख्नु भन्ने नीतिगत निर्णय गरेकोले महिला बन्दीगृहमा पुरुष राख्न थालिएको निमित्त प्रमुख अधिकारीले भने।
गत साउन १ गतेदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो । उक्त भवन निर्माणपश्चात ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको रहेको छ ।
जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई हाल तनहुँ प्रहरीले धमाधम पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार पठाउन थालेपछि कैदीबन्दीको उच्च सङ्ख्या पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखका रूपमा असार ८ गते प्रहरी उपरीक्षक ९एसपी० अरुण पौडेल आएपछि धमाधम फरार अभियुक्त पक्राउ परेका छन्।
हालसम्म प्रहरीले फरार १७१ अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष पेश गरिसकेको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया