पोखरामा २४ सहित गण्डकी प्रदेशमा थपिए ३५ संक्रमित

समाधान संवाददाता २०७७ असोज २३ गते १२:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ५ जिल्लाका ३५ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका २४ जना छन् । सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् ।

Advertisement

तनहुँका ५, लमजुङका ३, नवलपुरका २ र गोरखाका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ सय ३३ पुगेको छ । तीमध्ये ३१ सय ४९ जना निको भएका छन् भने ३७ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया