चरक मेमोरियलमा उपचाररत संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ असोज २३ गते १६:२०

समाधान संवाददाता, पोखरा

पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । चरक मेमोरियल कलेजमा उपचाररत पोखरा ८ का ७८ वर्षे वृद्धको आज मृत्यु भएको हो । उनमा ज्वरो, रुवाखोकी र झाडापखाला थियो ।

यसअघि बिहीबार पोखरा १६ का ८३ वर्षे संक्रमितको ज्यान गएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा उपचाररत ती वृद्ध मधुमेह, उच्च रक्तचाप र मृगौला रोगका दीर्घरोगी थिए ।

Advertisement

आज मृत्यु भएकासहित पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । कास्की जिल्लाभर १२ संक्रमितको ज्यान गएको छ । पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण र मादी गाउँपालिकाका १/१ जना छन् ।

प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १र१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया