प्रभु बैंकका ८ कर्मचारीसहित तनहुँमा थपिए १७ संक्रमित

समाधान संवाददाता, पोखरा
तनहुँमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा जिल्लाको व्यास नगरपालिकाका १६ र शुक्लागण्डकी नगरपालिकाका १ गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयकाअनुसार प्रभु बैंक व्यास शाखाका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित मध्ये व्यास–२ का ३ पुरुष, १ महिला, व्यास १ र ४ का १/१ महिला, व्यास १ का १ पुरुष प्रभु बैँकका कार्यरत कर्मचारी हुन् ।
यस्तै व्यासकै माछापुच्छ्रे बैंकमा कार्यरत १ जनामा कोरोना पुष्टि भएको छ । व्यास २ का २८ वर्षीय पुरुष सो बैँकमा कार्यरत छन् । व्यासका अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
शुक्लागण्डकीमा आज थपिएका ३४ वर्षीय पुरुष संक्रमित भने त्यहाँ स्थित कारागारका कैदी हुन् ।
आज नै तनहुँमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये व्यासका १६, बन्दीपुरका ६ र शुक्लागण्डकीका ५ जनामा संक्रमण पुष्टि भएको थियो ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया