प्रभु बैंकका ८ कर्मचारीसहित तनहुँमा थपिए १७ संक्रमित

समाधान संवाददाता २०७७ असोज २३ गते १६:५५

समाधान संवाददाता, पोखरा

तनहुँमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा जिल्लाको व्यास नगरपालिकाका १६ र शुक्लागण्डकी नगरपालिकाका १ गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयकाअनुसार प्रभु बैंक व्यास शाखाका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

संक्रमित मध्ये व्यास–२ का ३ पुरुष, १ महिला, व्यास १ र ४ का १/१ महिला, व्यास १ का १ पुरुष प्रभु बैँकका कार्यरत कर्मचारी हुन् ।

यस्तै व्यासकै माछापुच्छ्रे बैंकमा कार्यरत १ जनामा कोरोना पुष्टि भएको छ । व्यास २ का २८ वर्षीय पुरुष सो बैँकमा कार्यरत छन् । व्यासका अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

Advertisement

शुक्लागण्डकीमा आज थपिएका ३४ वर्षीय पुरुष संक्रमित भने त्यहाँ स्थित कारागारका कैदी हुन् ।

आज नै तनहुँमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये व्यासका १६, बन्दीपुरका ६ र शुक्लागण्डकीका ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया