स्याङ्जामा बस र मोटरसाइकल जुध्दा २ को मृत्यु

समाधान संवाददाता २०७७ असोज २३ गते १९:१४

समाधान संवाददाता, पोखरा

स्याङ्जामा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

भीरकोट नगरपालिका–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट हेलुतर्फ गुडिरहेको पाइनियर हाइयर एजुकेसन एकेडेमी स्कुलको ग१क ४३७० नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १३ प २८१४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

Advertisement

मोटरसाइकलमा सवार भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने वर्ष ३१ को धुव्र भनिने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई हाल वालिङ–१ रामबाच्छा बस्ने वर्ष ५५ को ढालबहादुर रानाको मृत्यु भएको हो ।

गम्भीर घाइते भई कालिका सामुदायिक अस्पताल हेलु स्याङ्जामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया