सांसद मोहन रेग्मी ४० दिनपछि कोरोनामुक्त

समाधान संवाददाता २०७७ असोज २३ गते २०:४२

समाधान संवाददाता
स्याङ्जा, २३ असोज

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी ४० दिनपछि कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार स्वाब परीक्षण गरिएकोमा शुक्रबार रिजल्ट नेगेटिभ आएको उनले बताए ।

कोरोना पोजेटिभ देखिएका प्रदेश प्रहरीका एसससपीको प्रत्यक्ष सम्पर्क रहेका सांसद रेग्मीको भदौ १४ मा पहिलोपटक स्वाब लिइएकोमा १७ गते कोरोना पुष्टि भएको हो । उनी प्रदेश सभा विधायन समिति सभापति हुन् ।

Advertisement

४० दिनको बीचमा पाचौं पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । पहिलो १ महिना पोखराको डेरामै आइसोलेसनमा बसेका रेग्मी असोज ११ गते गृहजिल्ला स्याङ्जास्थित घरमै बस्दै आएका थिए ।

आइसोलेसनमा बस्दा सावधानी अपनाएर, बेसार, गुर्जो, कागती पानी, मह, आयुर्वेद औषधी खाएको उनले बताए ।

Advertisement

उनले कोरोना सामान्य व्यक्तिका लागि रुघाखोकी जस्तै भए पनि आत्मबल कमजोर भएका, दीर्घ रोगी, वृद्धवृद्धा र बच्चाका लागि समस्या हुने बताए ।

तपाईको प्रतिक्रिया