पाेखराका राजेश गुरुङ राखेप बोर्ड सदस्य नियुक्त
समाधान संवाददाता, पोखरा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाेखराका राजेश गुरुङ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बोर्ड सदस्य नियुक्त गरेको हो । नियुक्ति दिइएकामध्ये गुरुङ गण्डकी प्रदेशबाट जनजाति कोटामा मनोनीत भएका हुन् ।
यसअघिको परिषद्मा समेत गुरुङ सदस्य थिए । राष्ट्रिय खेलकुद विकास ऐन आएपछि सो समिति खारेज गर्दै सरकारले नयाँ परिषद् गठन गर्ने निर्णय गरेको थियो ।
मनोनीत हुनेमा गुरुङसँगै हरि खड्का, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई, सुमित्रा चौधरी छन् ।
प्रदेश १ का फुटबलर हरि खड्का खस आर्यबाट, प्रदेश २ बाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जतजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट, कर्णालीकी नन्दा बस्याल महिलाबाट, सुदुरपश्चिमका एकेन्द्र कुँवर पिछडिएको क्षेत्रबाट, प्रदेश १ कै चन्द्र बदना राई महिलाबाट, प्रदेश ५ की सुमित्रा चौधरी थारु महिला कोटाबाट मनोनीत भएका हुन् ।
सरकारले असार १८ गते लागु गरेको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार उनीहरुलाई नियुक्त गरेको हो ।
जसमा खेलकुदको विकासमा महत्पवूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्य सबै प्रदेशबाट प्रनिधित्व हुने गरि महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्मि पिछडिएको क्षेत्रबाट समेतबाट प्रतिनिधित्व हुने गरि कम्तीमा ३ महिलासहित सरकारले मनोनित गर्ने व्यवस्था छ ।
राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ । ऐन अनुसार साउन १५ गते युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए ।
उनले रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई सदस्यका रुपमा नियुक्त गरेका थिए । सम्पन्न श्रेष्ठ समेत गण्डकी प्रदेशकै हुन् । अन्य सदस्य भने पदेन रहने प्रावधान छन् ।
तपाईको प्रतिक्रिया