कास्कीका १ दर्जनभन्दा बढी ठाउँमा आज विद्युत अवरुद्ध हुने

समाधान संवाददाता २०७७ असोज २४ गते ७:३३

समाधान संवाददाता, पोखरा

कास्कीका १ दर्जनभन्दा बढी ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ । अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरका केही ठाउँमा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले जनाएको छ ।

मोदी लेखनाथ १३२ केभी प्रसारण लाइन विस्तारका लागि अन्नपूर्ण गाउँपालिकाको लुम्ले, सल्यान, नयाँपुल, लुवेरा, विरेठाँटी, चन्द्रकोट, ह्वाडी र माछापुच्छ्रे गउँपालिकाको हेम्जाकोट, अस्पताम, धिताल, खोराकोमुख, ल्वाङ, घलेल, सिदिङ लगायत ठाउँमा विद्युत अवरुद्ध हुनेछ ।

Advertisement

यी ठाउँमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म आपूर्तिमा समस्या हुने कार्यालयले जनाएको छ ।

त्यस्तै, सिटी फिडर अन्तर्गत रानीपौवा, माटेपानी र भेटनरी हस्पिटल अगाडि बिहान ८ बजेदेखि ११ बजेसम्म आपूर्ति बन्द रहने छ । भेटनरी हस्पिटल अगाडी ११ केभी लाइनमा परेको रुखको हाँगा काट्नुपर्ने भएकाले आपूर्तिमा समस्या हुने भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया