हुलाक दिवसमा सेवाग्राहीलाई स्वागत
समाधान संवाददाता
२०७७ असोज २४ गते १०:५२
समाधान संवाददाता, पोखरा
विश्व हुलाक दिवसको दिन शुक्रबार हुलाक सेवा निर्देशनालय पोखरामा प्रथम सेवाग्राहीलाई स्वागत गरिएको छ ।
१ सय ३४ आंै विश्व हुलाक दिवस तथा ५१ औंराष्ट्रिय हुलाक दिवसको अवसरमा मीलन दुलाललाईनिर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले स्वागत गरे ।
दुलाल सेवाग्राहीका रुपमा हुलाक टिकट खरिद गर्न१० बजेकार्यलय परिसरमा प्रवेश गरेका थिए ।
दिवसकै अवसर पारेर कार्यालय परिसरमा सरसफाइ तथा वृक्षरोपण गरिएको छ ।
कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउँदै प्रमुख पौडेलले हुलाक परिसरलाई फूलवारीको रुपमा विकास गर्न धूपी लगायत १ सय बिरुवा रोपिएको जनाए ।
परिसरभित्र सम्पूर्ण कर्माचारीको सहयोगमा सरसरफाइ पनि गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया