लकडाउनमा टिकाजामा मन्दिरको पूनर्निर्माण

समाधान संवाददाता २०७७ असोज २४ गते ११:०४

समाधान संवाददाता, स्याङ्जा

आँधीखोला गाउँपालिकामा लकडाउनको सदुपयोग गर्दै पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माण गरिएको छ ।

स्थानीय युवा मिलेर जिल्लाको आँधिखोला गाउँपालिका ६ टिकाजामा रहेको भुंजुंगे शिव मन्दिरको पुनर्निर्माण गरिएको हो ।

Advertisement

२०५२ सालमा स्थानीयको श्रमदानमा चन्दा संकलन पश्चात मन्दिर निर्माण गरिएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन बन्दाबन्दी भए पछि स्थानीय युवाहरु जुटेर धार्मिक स्थलको पुननिर्माण गरेको निर्माण समितिका अध्यक्ष अर्जुन ढकालले बताए ।

Advertisement

कोरोना भाइरसको संक्रमण भएको अवस्थामा गाउँमा सम्पूर्ण युवाको जमघट तथा भेटघाट हुने अवसर जुटेपछि मन्दिरका लागि केही न केही गरांै भन्ने भावना र मनसायका साथ अभियान अगाडि बढाएको ढकालले बताए ।

मन्दिर एवं धार्मिक स्थलको व्यवस्थापनका लागि भवन समेत बनाउने तयारी गरिएको उनले बताए ।

मन्दिर अगाडि रहेको पोखरीको बीचमा शिवको मुर्ति स्थापना गरी त्यस मुर्तिबाट पानीको फोहोरा चारैतिर घुम्ने गरी निर्माण गर्ने योजना रहेको समाजसेवी जीवन ढकालले बताए ।

करिब ११ लाख लाग्ने अनुमान गरिएको अभियानमा अहिलेसम्म ७ लाख ६० हजार सहयोग उठेको र बाँकी रकम पनि स्थानियहरुले श्रमदान गर्ने तयारी गरेका छन् ।

मन्दिर भएको स्थानमा पहिले ठूलो पोखरी रहेको र भगवान शिव पत्नी वियोगको छ्टपटिमा स्थानसम्म आएर पानी पिएको किम्बदन्ती छ ।

आर्थिक अभावले मन्दिर हालसम्म छायाँमा परे पनि लकडाउनको असरले भने मन्दिर निर्माणमा सकारात्मक प्रभाव पारेको छ ।

तपाईको प्रतिक्रिया