चितवनमा होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु

समाधान संवाददाता २०७७ असोज २४ गते १२:०२

समाधान संवाददाता

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय वृद्ध छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो ।

क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

योसँगै चितवनमा कोरोना संक्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका ५ जनाको मृत्यु भएको छ ।

जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया