पोखरामा १० सहित प्रदेशभर थपिए ३१ संक्रमित
समाधान संवाददाता
२०७७ असोज २४ गते १२:२८
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा बागलुङका ११, कास्कीका १०, तनहुँका ७, गोरखाका ३ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ सय ४८ पुगेको छ । तीमध्ये ३२ सय २७ जना निको भएका छन् । ४० संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया