जिपीका ३ सहित तनहुँमा थपिए ७ संक्रमित
समाधान संवाददाता, पोखरा
तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्लागण्डकी नगरपालिका ५ स्थित केन्द्रका १ स्टाफ नर्स र २ प्रशासनका कर्मचारीमा आज कोरोना देखिएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा २३ वर्षीया स्टाफ नर्स, तथा प्रशासनका २९ वर्षीया महिला र २७ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको हो ।
३ दिन पहिला सोही केन्द्रका ५ जनामा कोरोना देखिएको थियो । पहिलोपटक ल्याबकी २५ वर्षीया महिलामा कोरोना देखिएपछि केन्द्रका अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ ।
ती महिला गृह जिल्ला काठमाडौंबाट फर्किएपपिछ संक्रमित भएकी थिइन् ।
आज नै तनहुँको ऋसिङ गाउँपालिकाका थप ३ जनामा कोरोना देखिएको छ ।
गाउँपालिकाको वडा नं २ का २० वर्षीय पुरुष र वडा नं ४ का २१ तथा ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
उनीहरु क्रमशः भारत, कतार र सादउीबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
साथै व्यास नगरपालिकामा १ जनामा काेराेना देखिएकाे छ । नगरपालिकाकाे ४ नम्बर वडाका ७२ वर्षीय पुरुषमा काेराेना देखिएकाे हाे ।
तनहुँमा योसँगै संक्रमितको संख्या ५ सय ४२ पुगेको छ । तीमध्ये ३ सय ९९ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया