लुम्बिनी विकास बैंकले गर्यो ८१ युनिट रगत संकलन

समाधान संवाददाता
पोखरा
लुम्बिनी विकास बैंकले शनिबार पोखरामा गरेको कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजसँगको सहकार्यमा बैंकको महेन्द्रपुल शाखा परिसरमा रक्तदान गरिएको हो ।

बैंकका सञ्चालक, संस्थापक, कर्मचारी लगायत सुभेच्छुकले रक्तदानमा सहभागिता जनाएको शाखा प्रवन्धक बलबहादुर ढकालले जानकारी दिए । उक्त शाखामा बर्सेनि रक्तदान कार्यक्रम हुँदै आएको छ ।
‘निरन्तर सहयात्रा’ नारा लिएर अगाडि बढेको बैंकले मुलुकभर ६८ शाखा र १७ एटिएमबाट २ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिसहित ग्राहक वर्गमा सेवा पुर्याउँदै आएको बैंकको दाबी छ ।

बैंकले ग्राहकलाई निशुल्क डेबिट/एटिएम कार्ड प्रदान गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने गरी सुविधा दिँदै आएको छ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया