‘सरकारले अनुसन्धाता प्रयोग गर्न सकेन’

समाधान संवाददाता २०७७ असोज २४ गते २०:०९

समाधान संवाददाता
पोखरा

पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागले शनिबार ‘भाषाको पारिवारिक वर्गीकरण’ विषयमा छलफल गरेको छ । विभागमा नयाँ नेतृत्व आएपछिको यो सातौं शृंखला हो ।

उक्त विषयमा विभागकै सदस्य डा.यमनाथ तिमिल्सिनाले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । गोष्ठीपत्रमा भारोपेली, चिनिया तिब्बती, अस्ट्रिक, द्रबीड, अमेरिकी, पापुई, अस्ट्रेलेयाली, बुसमैन, बान्टु, सुडानी, काकेसियाली, यरालअल्स्ताइक, जापानीकोरियाली, बास्क, मलयपोलेनिसियाली, हाइपरबोरी भाषापरिवार गरी १८ भागमा वर्गीकरण गरी चर्चा गर्दै तिनका पनि भेदउपभेदलाई देखाएइको थियो ।

Advertisement

गोष्ठीपत्रमाथि त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका निवृत्त प्राडा माधवप्रसाद पोखरेलले टिप्पणी गरेका थिए । भाषा परिवर्तनशील हुने भएकाले त्यसको वर्गीकरण समयसापेक्ष ढंगले गर्नुपर्ने अवस्था छ भन्दै अब अध्येताहरुले आपूूmलाई अद्यावधिक बनाउन आवश्यक भएको औंल्याए ।

नेपाली भाषामा रहेको विवाद निराकरण नगर्दा आम प्रयोगकर्ताले अन्योलता बेहोर्न परेको हुँदा त्यसको निराकरणमा पनि लाग्नुपर्ने अवस्था आएको कुरामा डा.पोखरेलले सहभागीलाई सजग बनाए । उनले प्रदेश सरकार र स्थानीय सरकारले पनि विश्वविद्यालयका अनुसन्धानकर्तालाई सदुपयोग नगर्दा देशले अनुसन्धानमा फड्को मार्न सकेको छैन भन्दै यसतर्पm सबै प्राध्यापक सजग हुन आवश्यक रहेको बताए ।

Advertisement

डा.पुण्यप्रसाद शर्मा, डा.लक्ष्मीशरण अधिकारी, डा. भूमि बस्ताकोटी, विष्णुप्रसाद शर्मा, यादवराज उपाध्यायले छलफलमा भाग लिएका थिए ।

विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागीय सदस्य यादवराज उपाध्यायले विभागले गरेका प्राज्ञिक गतिविधिको जानकारी गराउँदै शब्दले स्वागत गरेका थिए ।

श्रीधर न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको प्रतिवेदनको जिम्मेवारी डा.पुण्यप्रसाद शर्मा र नारायण न्यौपानेले लिएका थिए ।

तपाईको प्रतिक्रिया