प्रहरीलाई २ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

समाधान संवाददाता २०७७ असोज २५ गते १४:४०

काठमाडौँ

ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका–२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साह रहेका छन् ।

ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएको ट्राफिक प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका साहलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

साहले बा४२ प ६२६८ नम्बरको मोटरसाइकल गलत साइडबाट ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र २ सय रुपैयाँ हालेर प्रहरीलाई घुस दिन खोजेका थिए । घुस रकमसहित साहलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया