भौतिक मन्त्रालयका कर्मचारी र पत्रकारसहित पोखराका २० जनामा संक्रमण पुष्टि

समाधान संवाददाता, पोखरा
पोखरामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको आजको तेस्रो विज्ञप्तिमा पोखरामा २० संक्रमित थपिएको उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो ।
थपिने संक्रमितमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत ७ कर्मचारी छन् ।
२४, २९, ३६, ४६, ४७, ५०, ५२ वर्षको पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी मेडिकल कलेजमा उपचाररत २६ वर्षीया महिला, ४१ वर्षीय पुरुष र ८८ वर्षीय वृद्धमा कोरोना देखिएको छ ।
चरक मेमोरियल अस्पतालमा उपचाररत ७० वर्षीया महिला र ४१ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।
यस्तै १ पत्रकारमा पनि कोरोना संक्रमण भेटिएको छ । ती पुरुष पोखरा ५ का ३५ वर्षीय पुरुष हुन् ।
अन्य संक्रमित पोखरा ७, ८, १०, १७ र २४ का हुन् । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
आज नै लम्जुङमा १६ जना, नवलपरासिमा ५ जना, तनहुँमा २ जना र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकीमा कुल संक्रमितको संख्या ४ हजार ४ सय ८५ पुगेको छ ।
तपाईको प्रतिक्रिया