दसैंका लागि यामाहाको ३ नयाँ मोडल

समाधान संवाददाता २०७७ असोज २५ गते २०:५०

समाधान संवाददाता
पोखरा

पोखराका यामाहाको अधिकृत बिक्रेता भिएडब्लु इन्टरप्राइजेज प्रालिले दसैंको अवसरमा यामाहाको थप ३ नयाँ मोडल पोखरा भित्राएको छ । भिएडब्लु इन्टरप्राइजेजले ट्रायल बाइक (एक्सटिजेड १५० सिसी) र स्कुटरमा थप २ नयाँ मोडल भित्राएको हो । एफआई इञ्जिनको सो बाइक युवा पुस्ताका लागि उपयुक्त छ ।

स्कुटरमा यामाहाको रे जेडआर डिसब्रेक र ड्रमब्रेक बिक्रीका लागि राखिएको उक्त कम्पनीका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए । नयाँ भित्रिएको यामाहाको रे जेडआर डिसब्रेक र ड्रमब्रेकमा एफआई इञ्जिन (फ्युल इन्जेक्टर) रहेको श्रेष्ठले बताए । एफआई इञ्जिन भएको यस स्कुटर अटो सेन्सरबाट स्टार्ट हुन्छ, उनले भने, ‘यसमा स्मार्ट मोटर जेनेरेटर भएकाले एकै सर्टमा स्कुटर स्टार्ट हुन्छ ।’ यसमा ५० किलोकिटर माइलेजका साथै पिकअप पनि राम्रो भएको उनले बताए ।

Advertisement

यो स्कुटरको अर्को विशेषता भनेको बाइक चल्दाचल्दै जाममा परेर वा कुनै पनि बेला ५ सेकेण्ड भन्दा बढी रोकिने बित्तिकै अटोमेटिक रुपमा अफ हुन्छ र फेरि अगाडि बढ्दा स्टार्ट नगरी एक्सिलेटर मात्र बटार्दा चल्छ । अटो अफ हुने अप्सन भएकाले ट्राफिक जामभरी रोकिएर बस्दा पनि स्टार्ट गरिरहँदा हुने तेलको बचतसँगै प्रदूाण पनि घटाउँछ ।

स्कुटरमा साइड स्ट्यान्ड कटअफ सिस्टम भएकाले स्ट्यान्ड अफ नभएसम्म स्कुटर नै स्टार्ट नहुने हुनाले दुर्घट्नाको जोखिमपनि नहुने उनले बताए ।

Advertisement

बिएफ सिक्स मोडलको स्कुटर युरो सिक्स स्टान्डर्डको हो । स्कुटर अल्ट्रालाइट वेटको भएकाले यसको तौल केबल ९९ केजीको मात्र हुने प्रबन्धक श्रेष्ठले बताए । बाइकमा मोबाइल चार्जरपनि भएकाले यो सबैका लागि उपयुक्त हुने विश्वास गरिएको उनले बताए ।

यामाहाले दसैंको विशेष छुट अफर पनि दिन थालेको छ । यामाहाको जुनसुकै बाइक खरिदमा ६ हजारदेखि ८ हजारसम्म क्यास डिस्काउन्टसँगै एक्सचेञ्ज अफर पनि रहेको र एक्सचेञ्चमा पुरानो बाइकको भ्यालुएसनमा १५ हजार थपेर दिइने श्रेष्ठले बताए ।

रे जेडआर एफआई स्कुटर टेस्ट ड्राइभ गरेमात्र पनि ग्राहकले निशुल्क एन ९५ मास्कसँगै सेनिटाइजर र किट ब्यागसमेत उपहार दिइने उनले जानकारी दिए । साथै बाइकमा फाइनान्सको समेत सुविधा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया