याे दसै‌ंमा पुरानै नाेट, पुरानै कपडा

समाधान संवाददाता २०७७ असोज २५ गते २१:०४

काठमाडौं

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैमा नयाँ नोट सटही नगर्ने भएको छ। कोभिड—१९ को महामारी बढ्दै गएकाले संक्रमण फैलिने डरले राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएकाले आम नागरिकको स्वास्थ्य र संवेदनशीलतालाई ध्यानमा यस वर्ष बडा दशैको प्रयोजनका लागि नयाँ नोट सटही नहुने उल्लेख गरेको छ।

Advertisement

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैको मुखमा सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट वितरण गर्दै आएको थियो।

सर्वसाधारणहरुले राष्ट्र बैंक र बैंकहरुका शाखाबाट प्रत्येक वर्ष ४० करोड हाराहारीमा नयाँ नोट सटही गर्दै आएका थिए।

Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले केही दिन अघिकाे पत्रकार सम्मेलनमा पुरानै कपडाले दसैं मनाउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया