प्राज्ञिक संस्थालाई नेकपाको भातृ संगठन बनाउन खोजियो

समाधान संवाददाता २०७७ असोज २६ गते ६:३४

बिन्दुकुमार थापा

सांस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तथा प्राज्ञिक क्षेत्रलाई संरक्षण र पर्वद्धन गर्ने उद्देश्यनुरुप प्रतिष्ठान तथा बोर्ड गर्ने अवधारणा छ । यसैक्रममा प्रदेश सभाबाट विधयक बनेर गठनको क्रममा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्ड, गण्डकी प्रदेश गठनको प्रक्रियामा छन् । पोखरा प्रज्ञा प्रतिष्ठान (महानगरस्तरीय) गठन हुन लागेकाे छ ।

जसमा हाम्रै प्रदेश सभाका एक जना सदस्य माननीय ज्यूका छाेरा समेत राजनीतिक काेटाका आधारमा सिफारिसमा पर्नुभएकाे छ । उहाँलाई म हार्दिक बधाई दिन चाहान्छु ।

Advertisement

जुन गठन प्रक्रिया तथा नियुक्तिको विषयलाई लिएर अहिले विवादित बनेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले २०७७ असोज २२ मा महानगरपालिका प्रमुखलाई ध्यानाार्कषण पनि गराएको छ । चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड), गण्डकी प्रदेश गठन हुने क्रममा छ ।


बौद्धिक र प्राज्ञिक प्रतिष्ठानहरुलाई नेकपाको भातृ संस्थाको रुपमा गठन गर्ने, कार्यकर्ता भर्ती केन्द्रको रुपमा प्रयोग गर्न खोज्ने यो गलत नियतलाई तत्काल बन्द गरी प्राज्ञ छनौट समिति समावेशी र सर्वपक्षीय प्रज्ञिक थलोको रुपमा स्थापित गर्नुपर्दछ ।

Advertisement

लोकतन्त्रको स्थापनापछि नेपाली कांग्रेसको तत्कालीन सरकारले नेपालमा केन्द्रीयस्तरको प्राज्ञिक समिति गठन गर्ने प्रक्रियामा, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तत्कालीन संस्कृति मन्त्री डा. मीनेन्द्र रिजालको नेतृत्वमा गठन भएको थियो । २०६७ सालमा गठित यी प्रतिष्ठानहरुमा सम्पूर्ण अधिकार आफूमा हुँदा हुँदै पनि प्रतिपक्ष दलको एवं राजनीतिक सहमतिको महत्वलाई कांग्रेसले ध्यानमा राखेको थियो ।

३ वटै प्रतिष्ठानमा तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेबाट पनि प्रतिनिधित्व हुने गरी प्राज्ञ सभा गठन गरिएको थियो । जसको उदाहरण संगीत नाट्य प्रतिष्ठानमा नेपाली कांग्रेसको तर्फबाट कुलपतिमा अमर गुरुङ र उपकुलपति प्रचण्ड मल्ल, प्राज्ञ सदस्य कविता आले र मिथिला शर्माको नियुक्तिले स्पष्ट पार्दछ । उहाँहरु साविक नेकपा एमालेमा आवद्ध हुनुहुन्थ्यो ।

यसरी प्राज्ञिक क्षेत्रलाई बौद्धिक, सक्षम, समावेशी र उपलब्धिमूलक बनाउनु पर्छ भन्ने अवधारणलाई वर्तमानमा गण्डकी प्रदेश अन्तर्गत गठन हुन लागेको माथि उल्लेखित प्रतिष्ठानहरुमा नेकपाको सर्वपक्षीय, सहमति विरोधी सोच र एकात्मकवादी कार्यशैलीले प्रदेशको बौद्धिक क्षेत्र, सास्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तहसनहस हुँदै छ ।

त्यति मात्र नभएर यी बौद्धिक र प्राज्ञिक प्रतिष्ठानहरुलाई नेकपाको भातृ संस्थाको रुपमा गठन गर्ने, कार्यकर्ता भर्ती केन्द्रको रुपमा प्रयोग गर्न खोज्ने यो गलत नियतलाई तत्काल बन्द गरी प्राज्ञ छनौट समिति समावेशी र सर्वपक्षीय प्रज्ञिक थलोको रुपमा स्थापित गर्नुपर्दछ । अत प्राज्ञ तथा विकास बोर्डको अवधारण तथा मर्मअनुरुप गठन गर्न मसम्बन्धित स्थानीय तथा प्रदेश सरकारको ध्यानार्कषण गराउन चाहन्छु ।

कांग्रेसबाट निर्वाचित प्रदेश सभ सदस्य थापाले असोज २५ गते प्रदेश सभा बैठकमा विषेष समय लिएर राखेको भनाइ ।

तपाईको प्रतिक्रिया