जाेकाेभिचलाई सजिलै हराए नाडालले, बनाए नयाँ किर्तिमान

एजेन्सी ।
स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् ।
क्ले कोर्टका बादशाह नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६-०, ६-२ र ७-५ को सेटमा हराए । तेश्राे सेटमा खेलमा फर्कने गरी खेल्न सकेका जाेकाेभिच अघिल्ला २ सेटमा निरीह बनेका थिए ।
दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । पहिलाे वरियताका जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् ।
नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए ।
३४ वर्षीय नाडालको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।
यससँगै नाडालले स्विस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया