नेकपा प्रदेश कमिटी सदस्य बस्नेतकाे निधन

समाधान संवाददाता, पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटी सदस्य उदयबहादुर बस्नेतको निधन भएको छ ।
विगत डेढ वर्षदेखि मृगौलाका बिरामी रहेका ६८ वर्षीय बस्नेतको शनिबार निधन भएको हो ।
उनलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि केही दिन पहिला भर्ना गरिएको थियो ।
अस्पतालमा रहँदा उनमा निमोनिया समेत बढेपछि उनको निधन भएको नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्णबहादुर थापाले जानकारी दिए ।
उनलाई १ साता अगाडि डिस्चार्ज गर्ने भनिएपनि निमोनिया देखिएपछि अस्पतालमै राखिएको थियो ।
बस्नेतको शनिबार नै अन्तेष्टि गरिएको छ । बाटुलेचौरस्थित उपल्लो गोस्ते घाटमा उनको अन्तेष्टि गरिएको हो ।
अन्त्येष्टिअगाडि नेकपा गण्डकीका इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा कास्की अध्यक्ष कृष्ण थापाले झण्डा ओढाएर सम्मान प्रकट गरे ।
बस्नेतको निधनमा गण्डकीका आर्थिक मन्त्री किरण गुरुङसहित नेकपाका नेता कार्यकर्ताले शोक व्यक्त गरेका छन ।
तपाईको प्रतिक्रिया