पाल्पाली सहकारीले कार्यक्षेत्र विस्तार गर्ने

समाधान संवाददाता, पोखरा
पाल्पाली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।
सहकारीको दोस्रो वार्षिक साधारण सभाले महानगरका थप १० वडालाई समेटेर कार्यक्षेत्र विस्तार गर्ने योजना अगाडि सारेको हो ।
अध्यक्ष चिरञ्जीवी श्रेष्ठले महानगरका ३ वडाहरुलाई समेटेर काम सुरु गरेको सहकारीप्रतिको आकर्षणले कार्यक्षेत्र विस्तार गर्न लागेको जानकारी दिए ।
‘सभाले सहकारीको सेयर पुँजी बढाउने र सेयर सदस्य थप गर्ने निर्णय गरेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘आगामी वर्षमा पुँजी वृद्धि गर्ने लक्ष्यका साथ घरदैलो कार्यक्रम, साधारण र आवधिक निक्षेप संकलनको योजना अगाडि सारेका छौं ।’
कोभिड १९को कारण जुम माध्यमको भर्जुअल पद्वतिबाट भएको सभाले अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको तर्फबाट पेश गरेको वार्षिक प्रतिवेदन, सचिव रेशमराज थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष उमा सापकोटाको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक नारायण पौडेलले पेस गरेको लेखा समितिको प्रतिवेदन सुधार सहित पारित गरेको छ ।
सहकारीको कायक्षेत्र हाल पोखरा महानगरपालिका वडा नम्बर ८, ९ र ११ छ ।
सभामा अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे, सहकारीका सचिव रेशमबहादुर थापा, कोषाध्यक्षमा उमा सापकोटा, सहकारीको लेखा समितिका सयोजकमा नारायणप्रसाद पौडेल लगायतका वक्ताले बोलेका थिए ।









‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया