सिद्धार्थ राजमार्गका घुम्ती काट्दा विभेद गरियो : सांसद श्रेष्ठ

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेका सांसद मेखलाल श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै नजिकका सहर जोड्ने सडकको स्तरोन्नतिमा ध्यान दिन सरकारसँग माग गरेका गरेका छन् ।
प्रदेश सभामा विशेष समय लिएर उनले सिद्धार्थ राजमार्ग पुरानो र साँघुरो भएकाले यसलाई समयानुकुल विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अहिले राजमार्गका विभिन्न स्थानमा घुम्ती काटेर बाटो चाक्लो पार्ने काम भइरहेको भन्दै उनले यो कामका लागि पनि सरकारले विभेद गरेको आरोप लगाए ।
जुन पालिकामा नेकपाले जितेको छ, त्यहाँ समयमै बजेट परेर घुम्ती काट्ने काम भएको र कांग्रेसले जितेको पालिकामा भने अलमल गर्ने गरेको भन्दै यस्तो गल्ती नगर्न उनले चेतावनी समेत दिए । उनले भने, ‘बाटो चाक्लो बनाउने काम असाध्यै राम्रो हो, तर संघ सरकारले बजेट दिने बेलामा त्यो क्षेत्रको पालिकामा कसले जितेको छ भनेर विभेद गरेको छ, यो स्वीकार्य हुँदैन ।’
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेको, भैरहवाको अन्तिम चरणमा पुगेकाले पनि यी २ सहरबीच सडकमार्गको सहज पहुँचका लागि तुरुन्तै बाटो स्तरोन्नति हुनुपर्ने उनको भनाइ थियो ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमरा चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया