देशभर ४ हजार ४७ जना कोरोना संक्रमित

समाधान संवाददाता २०७७ असोज २६ गते १६:५३

काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

Advertisement

आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

थप ९जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Advertisement

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।



तपाईको प्रतिक्रिया