कोरोनाले तनहुँको एकैपरिवारका ३ को मृत्यु, २ अस्पतालमा

समाधान संवाददाता, पोखरा
कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ सदस्यको ज्यान गएको छ ।
भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो ।
कोरोनाकै कारण धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी हस्पिटलमा निधन भएको नेकपा तनहुँका नेता प्रतापलाल श्रेष्ठले पुष्टि गरे ।
९८ वर्षीय श्रेष्ठ बिरामी भएपछि चितवन मेडिकल कलेज लगिएको थियो । चितवनमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको आफन्तले जनाएका छन् ।
चितवनमै उपचार गराउँदा कोभिड संक्रमण भएको हुनसक्ने र उनलाई भेट्न गएकालाई पनि संक्रमण फैलिएको नेता श्रेष्ठको आशंका छ ।
धर्मकुमारको शव आइतबार नै व्यवस्थापन गरिएको छ ।
श्रेष्ठका माइला छोरा कृष्णकुमार श्रेष्ठको २४ असोजमा बिएन्डबी अस्पतालमा र साइँला छोरा विष्णुकुमार श्रेष्ठको १८ असोजमा उचपारकै क्रममा मृत्यु भएको थियो ।
संक्रमण पुष्टि भएकी कृष्ण कुमारकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् ।
जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन् ।
जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमा छन् ।
धर्मकुमारका कान्छा छोरा अमृत श्रेष्ठमा १७ असोजमा कोरोना पुष्टि भएको थियो । अहिले उनी निको भएर घर फर्किएका छन् ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया