महेन्द्र माविमा ४ कोठे पक्की भवन बन्ने

समाधान संवाददाता, पोखरा
माछापुच्छ्रे गाउँपालिका लाहाचोकको महेन्द्र माध्यमिक विद्यालयमा ४ कोठे पक्की (आरसिसि)भवन बन्ने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राविधिकरण जिल्ला आयोजना कान्र्यावयन इकाई (शिक्षा) कास्कीको आर्थिक सहयोगमा भवन सहित शौचालय र खानेपानीको टंकी बन्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
ति संरचना आगामी मंसिर महिना भित्र सम्पन्न गर्नेे लक्ष्य लिएको अध्यक्ष अधिकारीले बताए ।
करिब ९६ लाखको लागतमा ४ कोठे भवन सहित ३ वटा शौचालय र ३ मिटर लम्बाइ, साढे २ मिटर चौडाई र साढे १ मिटर गहिराइको पानी टंकी निर्माण हुने भएको अध्यक्ष अधिकारीले जनाए ।
विद्यालयमा अहिले एक जीर्ण सहित ६ वटा भवनमा १८ कोठा रहेको विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ अधिकारीले बताए ।
गण्डकी प्रदेश सभाका सदस्य रामजी बराल (जीवन)ले भवनको शिलान्यास गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्ने बताए ।
पछिल्लो समयमा सामुदायिक विद्यालयको भौतिक संरचना राम्रा भएता पनि शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको उल्लेख गर्दै उनले सीपमुलक व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताए ।
उनले सबै नागरिकलाई सीप युक्त बनाउन प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापना गर्न लागेको जनाए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले
माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत करिब १० करोड बजेट विनियोजन भएको जानकारी दिए ।
उनले भौतिक संरचनासंगै गुणस्तरीय शिक्षामा जुट्न सबैमा अनुरोध गरे ।
कार्यक्रममा माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्कीका सदस्य विष्णुप्रसाद पौडेल, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४का अध्यक्ष पुर्णबहादुर शाही, नेकपा जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य प्रमिला अधिकारी, नेकपा वडा कमिटी ४का अध्यक्ष टेकबहादुर श्रेष्ठ, नेपाली कांग्रेस वडा इकाई सभापति मधुसुधन अधिकारी लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया