युनाइटेड क्लबको उपसमिति र सल्लाहकार चयन

समाधान संवाददाता २०७७ असोज २७ गते ९:३५

समाधान संवाददाता, पोखरा

युनाइटेड क्लब पोखराले नयाँ नेतृत्वसँगै विभिन्न उपसमिति र सल्लाहकार चयन गरेको छ ।

क्लबको हालै सम्पन्न ११ औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै विभिन्न उपसमितिका संयोजक, उपसंयोजक र सल्लाहकार चयन गरिएको हो ।

Advertisement

युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको क्लबको दोस्रो बैठकले विभिन्न ९ उपसमिति र सल्लाहकार चयन गरेको हो ।

क्लबको शिक्षा उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, सहसंयोजकमा सविता श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा क्लबका प्रथम उपाध्यक्ष लोकबहादुर थापा, सहसंयोजकमा शिवबहादुर थापा, विपद् व्यवस्थापन उपसमिति संयोजकमा क्लबका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिना र सह संयोजकमा सन्तोष कार्की, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल र सहसंयोजकमा दिवानी सुवेदी चयन भएका छन ।

Advertisement

त्यसैगरी सेती नदी संरक्षण उपसमिति संयोजकमा क्लबका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, सह संयोजकमा गणेशबहादुर खड्का, खेलकुद उपसमितिको संयोजकमा कार्यसमिति सदस्य विष्णुकुमार गुरुङ र सहसंयोजकमा कृष्णबहादुर थापामगर, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य जयराम आचार्य र सहसंयोजकमा नरहरी पनेरु चयन भएका छन् ।

त्यस्तै महिला उपसमिति संयोजकमा कार्यसमिति सदस्य सीमा गुरुङ र सहसंयोजकमा शान्ति सुवेदी, युवा तथा प्रशिक्षण उपसमिति संयोजकमा कार्यसमिति सदस्य पूर्णकुमार श्रेष्ठ र सहसंयोजकमा नवीन श्रेष्ठ चयन भएको क्लबले जनाएको छ ।

त्यसैगरी क्लबको बैठकले १७ जना सल्लाहकारसमेत चयन गरेको छ ।

सल्लाहकारमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, राजेन्द्रबहादुर थापा, विश्वप्रकाश लामिछाने, सम्मर बहादुर श्रेष्ठ, शुशिलराज पराजुली, क्याप्टेन फत्ते बहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, कवितादेवी गुरुङ, लिलाधर अधिकारी, लिलबहादुर जिसी, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ र श्यामकृष्ण श्रेष्ठ रहेको क्लवका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया