संगम सहकारीको रक्तदान

समाधान संवाददाता, पोखरा
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार गरेको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।
सहकारीको शिक्षा उप समितिको अग्रसरतामा भएको उक्त कार्यक्रमको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जीतेन्द्रमान शाक्यले पहिलो रक्तदाता सहकारीका सेयर सदस्य शोभा कुँवर क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे ।
कार्यक्रममा शाक्यले हरेक १८ वर्ष पुगेका व्यक्तिहरुले पटक पटक रक्तदान गरेर बिरामी मानिसको ज्यान बचाउन अनुरोध गरे ।
आफूले ७० पटक रगत दिएको अनुभव सुनाउँदै उनले रगत दिएर कोहि पनि मानिस कमजोर नहुने बताए ।
सहकारीका अध्यक्ष नीरज थापाले केही समय अघिमात्र सहकारीको तर्फबाट माक्स, स्यानिटाइजर सहयोग गरी गाँसिएको कास्की रेडक्रससँगको साइनोमा फेरि रक्तदानमार्फत् भेट हुन पाउँदा खुसी लागेको बताए ।
रक्तदानमा अमेरिकी नागरिक देखि मुस्लिम समुदायका व्यक्तिले समेत सहभागिता जनाए ।
कार्यक्रममा सशस्त्र प्रहरी तालिम केन्द्र, लामापाटनबाट पनि रक्तदाताको सहभागिता थियो ।
कार्यक्रममा १५ जनाले पहिलो पटक रक्तदान गरेको संयोजक तीलक थापाले जानकारी गराए ।
रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रम शिक्षा उपसमिति सदस्य तुल गुरुङले सञ्चालन गरेका थिए ।








ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया