पोखरामा ५ वर्षका बालकसहित थपिए १८ संक्रमित, गण्डकीमा संक्रमित ५ हजार नाघे

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमध्ये अस्पतालमा उपचार गराइरहेका ७ जना रहेका छन् ।
गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका ४ पुरुषमा संक्रमण देखिएको छ ।
कोरोना पुष्टि हुनेमा ३२, ३६, ४८ र ७० वर्षका पुरुष छन् । संक्रमण हुनेमा गण्डकीमै उपचार गराइरहेकी २३ वर्षीया महिला छन् ।
साथै मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष र चरकमा रहेका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखरा ७ का ५२ र ३२ वर्षीय पुरुष, ५५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा पोखरा २, २५, ३१, १०, १, ३ र ११ का १÷१ जना छन् । संक्रमित ५ वर्षीय बालकको वार्ड खुलाइएको छैन ।
यस्तै आज नै स्याङ्जाका १४ जनामा संक्रमण पुष्टि भएको छ । लम्जुङका २ जनामा पनि कोरोना देखिएको छ । यससँगै गण्डकीमा कोरोनाका कुल संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।









ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया