सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न पाइने, भाडादर पुरानै

समाधान संवाददाता २०७७ असोज २७ गते १२:२४

समाधान संवाददाता

सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको बढ्दो महामारीबिच सरकारले यस्तो निर्णय गरेको हो । यात्रुलाई सबै सिटमा राख्न पाउने भएपछि भाडादर भने पहिलको जति नै हुनेछ ।

Advertisement

लकडाउन खुकुलो बनाएर सार्वजनिक यातायाता सञ्चालन गर्न दिएपछि सरकारले आधा सिटमा यात्रु राखेर साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो ।

चाडपर्वमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पूरानै लिनुपर्ने निर्णय भएको हो ।

Advertisement

तर सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया