घट्यो सुनको मूल्य, कति छ आज ?
समाधान संवाददाता
२०७७ असोज २७ गते १२:३५

समाधान संवाददाता
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा काराबोर भइरहेको छ।
सोमबार छापावाला सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ थियो।
सोमबार ९५ हजार १ सय रहेको तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया