‘खेलाडी सधैँ धुलोमा, नेता सधैँ चिल्लो गाडीमा ?’

समाधान संवाददाता २०७७ असोज २७ गते १४:४१

काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्झोङले खेलकुद गतिविधिहरु सुचारु गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार सामाजिक सन्जाल फेसबुकमार्फत किरणले राष्ट्रिय खेलकुद परिषद्(राखेप र सरकारका नाममा खुलापत्र लेख्दै खेलाडीहरुको करियर नै बर्बाद भएको गुनासो गरेका छन्।

Advertisement

किरणले खेलकुदको विषयमा कसैले नबोलिदिएको भन्दै प्रश्न गरेका छन् – खेलाडीहरु सँधै काठमाडौँको धुलोमा तपाईहरु चैँ चिल्लो गाडीमा ?

किरणले लेखेका छन्ः

Advertisement

आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा सम्माननीय सरकारलाई म सानो खुला पत्र लेख्न चाहन्छु।

म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र अखिल नेपाल फुटबल संघ ९एन्फा०को तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण खेलकुद पूर्ण रूपमा सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु।

किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पर्ने र मर्ने हो भने तपाईंहरूले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो ररु
खेलाडी चाहिँ सधैँ काठमाडौंको धुलोमा, तपाईंहरू चाहिँ चिल्लो गाडीमा ?

नेपालको खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का मान्य ज्यूहरू र नेपाल सरकारले सायद बिर्सिनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेका छन्।

तर, यतिका महिना खेलाडी खेलकुद कुन दुर्दशामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देख्दा फुटबलमा भबिष्य खोज्ने भाइरबहिनीहरूमा कतिको असर परेको छ भने कुरा खुल्स्त रूपमा देखिन सकिन छ।

सम्पूर्ण देशमा फुटबल सुरु भइ सक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन। खेलाडीका लागि मात्र होइन खेलकुद लागि पनि बोलिदिने मान्छे भएन।

सबै देशमा फुटबल सुरु भैसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दुस्खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ म्युजिक भिडिओको लागि प्रवेश खुला हुने। फुटबलका लागि खेल्न चै किन न हुने फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण खेलमैदानमा खेल सुचारु गर्दिन अनुरोध गर्दछु ।

आखिर कहिलेसम नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले ,नेपाली फुटबलको विकासका लागि कसैले केही गरिर्हेको देखिनँ। फुटबल खेलाडीले खेल्न बिर्सिसके सरकार, फुटबल राजनीति जस्तो होइन बोलेर मख्ख पर्न। फुटबलमा हात खुट्टाले दिमाग् लगाएर खेल्ने गरिन्छ। चिलो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न। दुइटा खुट्टा चलाएर घरपरिवार हेर्नु पर्ने हुन्छ।

७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ। जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्यो ऊ त आजभोलि खेलमैदान छोडेर विदेश पो जाँदैछ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्य ज्यू। जय देश । जय देश। जय नेपाली फुटबल।

तपाईको प्रतिक्रिया