आइसियुका बिरामी, पत्रकारसहित पोखरामा थपिए १७ संक्रमित

समाधान संवाददाता २०७७ असोज २७ गते १५:१६

समाधान संवाददाता पोखरा

पोखरामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा एक जना पत्रकार पनि छन् । पोखरा ७ का ३५ वर्षे पत्रकार पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । पोखरा १० की ७० वर्षे महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत छन् ।

Advertisement

तनहुँका २ जनामा पनि कोरोना पुष्टि भएको छ । आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाका १/१ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । संक्रमितमध्ये ३३ सय १९ जना निको भएका छन् भने ४० संक्रमितको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया